सिद्धार्थ बैंकले बिक्रीमा ल्यायो ८० हजार कित्ता संस्थापक सेयर



सिद्धार्थ बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । हाल यसमा विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको मूल्य भने तोकिएको छैन ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (मंसिर १७ गते) गतेदेखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी सेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर

Ads will close in 8 seconds
Skip Ad