त्रिविमा लामो विवादपछि ८ डीन र ३ कार्यकारी निर्देशक नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ३० गते
त्रिविमा लामो विवादपछि ८ डीन र ३ कार्यकारी निर्देशक नियुक्त

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आठ जना डिन र तीन जना कार्यकारी निर्देशक नियुक्त भएका छन्। यस नियुक्तिमा कुलपति केपी शर्मा ओली र उपकुलपति केशरजंग बराल बीच तीन महिना लामो विवादपछि अन्ततः सहमति भएको हो।

नियुक्त डिनहरूमा मानविकी तथा सामाजिकशास्त्र संकायका प्रा.डा. दुबिनन्द ढकाल, चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. मोहनराज शर्मा, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका डा. किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायका प्रा.डा. बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानका डा. ठाकुर सिलवाल, व्यवस्थापन संकायका प्रा.डा. महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानका प्रा.डा. सुशिल बहादुर बज्राचार्य, र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका प्रा.डा. शंकर खनाल छन्।

त्यस्तै, तीन कार्यकारी निर्देशकमा शिक्षा, विकास तथा अनुसन्धान केन्द्रका डा. राजेन्द्र कुँवर, व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका प्रा.डा. मिना राजभण्डारी, र योजना निर्देशनालयका डा. लक्ष्मीकान्त शर्मा नियुक्त भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स