चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालमा रु ७ खर्ब ६३ अर्ब ८ करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, अघिल्लो वर्षको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भएको हो, जबकि गत वर्ष पहिलो छ महिनामा यो वृद्धिदर २२.२ प्रतिशत थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो वृद्धिदर १९.५ प्रतिशत थियो।
यसैगरी, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ३० हजार ४३९ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६२ हजार ६२८ रहेको छ। अघिल्लो वर्ष यो सङ्ख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० थियो।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया