आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मङ्गलवार उत्साहपूर्ण रूपमा उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। बाँकेका तीन क्षेत्रमा ६० जनाले उम्मेदवारी दर्ता गरेका छन्।
क्षेत्र नम्बर १ मा १६, क्षेत्र नम्बर २ मा २२ र क्षेत्र नम्बर ३ मा २२ जनाको उम्मेदवारी दर्ता भएको छ। क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट नारायण गौडेल, नेकपा (एमाले)बाट सूर्यप्रसाद ढकाल, नेपाली कम्युनिष्ट पार्टीबाट नरेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरेश चौधरी, राप्रपाबाट प्रदीपकुमार शाहलगायतले उम्मेदवारी दर्ता गरेका छन् भन्ने निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले जानकारी दिए।
क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट सुधांशु कोइराला, नेकपा (एमाले)बाट मोहमद इस्तियाक राई, नेपाली कम्युनिष्ट पार्टीबाट दिपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेककुमार श्रेष्ठ, र राप्रपाबाट ऋषिराज देवकोटा लगायतले उम्मेदवारी दर्ता गरेका छन्।
यस्तै क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट अमरसिंह पुन, नेकपा (एमाले)बाट सुमन मल्ल, नेपाली कम्युनिष्ट पार्टीबाट दिपक जीएम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खगेन्द्र सुनार र राप्रपाबाट तारकसिंह थारु लगायतले उम्मेदवारी दर्ता गरेका छन्।
बाँकेमा क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय राप्तीसोनारी गाउँपालिकाको कार्यालयमा, क्षेत्र नं २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्ज रामलिला मैदानस्थित पशु सेवा तालिम केन्द्रमा, र क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालय खजुरास्थित कपास विकास समितिको कार्यालयमा स्थापना गरिएको छ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया