नेपाल प्रहरीले एकैपटक ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले भदौ ३१ गते गरेको निर्णयअनुसार काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला तथा कार्यालयमा कार्यरत एसपीहरूको सरूवा गरिएको हो।
सरूवामा पर्नेमा काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहरा सशस्त्र प्रहरी गण नं. २ नक्सालमा, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसी जिल्ला प्रहरी कार्यालय बाँकेमा, उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा, केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का एसपी नरेन्द्र चन्द जिल्ला प्रहरी कार्यालय कैलालीमा, जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधवप्रसाद बुढाथोकी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एसपी सुदीपराज पाठक जिल्ला प्रहरी परिसर पर्सामा सरूवा भएका छन्।
यसैगरी अन्य विभिन्न कार्यालय र जिल्लामा कार्यरत एसपीहरूको समेत सरूवा गरिएको प्रहरीले जनाएको छ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया