गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबारको मन्त्रिपरिषद् बैठकपछि निर्णयहरू सार्वजनिक गरेका छन्।
बैठकले चुनावलाई मध्यनजर गर्दै फागुन २०–२२ (तीन दिन) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। निर्वाचनको क्रममा घाइते हुने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार खर्च सरकारले व्यहोर्ने तथा सो अवधिमा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने निर्णय पनि बैठकले गरेको छ।
बैठकले १६औँ योजना कार्यान्वयन कार्ययोजना (२०८१/८२–२०८५/८६) स्वीकृत गरेको छ। साथै, बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने र केरावारी–न्यू मर्स्याङ्दी, माथिल्लो जुनवेशीखोला र सेती खोला जलविद्युत् आयोजनाहरू निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग तथा रुख हटाउन अनुमति दिने निर्णय पनि भएको छ। यसैगरी, हिजै जेनजी परिषद् गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।



प्रतिकृया