काठमाडौं उपत्यकामा नदी सफाइ र करिडोर स्तरोन्नतिका लागि ३ अर्ब ४२ करोड विनियोजन
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यकाका नदी सफा बनाउन र करिडोर सडक स्तरोन्नतिको कार्यलाई आगामी आर्थिक वर्षको बजेटले विशेष प्राथमिकता दिएको बताएका छन्।
काठमाडौं उपत्यका विकास प्राधिकरणद्वारा गोकर्णेश्वर–५ बागमती करिडोरमा आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा बोल्दै उनले सहरी विकास मन्त्रालयमार्फत बागमतीसहितका नदी स्वच्छ बनाउन ३ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।
मन्त्री सिंहले वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै नदी सफाइमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे। उनले बागमती, विष्णुमती, धोबीखोला लगायत उपत्यकाका सबै नदीलाई ढलमुक्त बनाउने कार्यमा मन्त्रालय लागि परेको बताए।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले सहरी विकास मन्त्रालयमार्फत ४० करोडभन्दा बढी योजना नगरका लागि विनियोजन भएकामा उपप्रधानमन्त्री सिंहलाई धन्यवाद ज्ञापन गरे।