१० महिनामा दुबईमा २६१ नेपाली श्रमिकको मृत्यु 

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ८ गते
१० महिनामा दुबईमा २६१ नेपाली श्रमिकको मृत्यु 

चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो १० महिनामा वैदेशिक रोजगारीको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेकामध्ये २६१ जना नेपालीको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार ०८१ साउन १ गतेदेखि ०८२ वैशाख मसान्तसम्मको अवधिमा यूएईमा २६१ जना नेपालीको मृत्यु भएको हो ।

दूतावासले सार्वजनिक गरेको विवरणअनुसार ०८१ साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७, चैतमा १७ र ०८२ वैशाखमा ३५ जना नेपालीको मृत्यु भएको छ ।

पछिल्लो १० महिनामा प्रत्येक महिना औसतमा २६ जनाभन्दा बढी नेपाली कामदारको मृत्यु यूएईमा भएको छ ।

गत आर्थिक वर्ष ०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष प्रत्येक महिना औसतमा १९ जना नेपालीको मृत्यु यूएईमा भएको थियो ।  सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायत कारणले नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स