SHAREHUB SHAREHUB

रविलाई ज्ञानेन्द्र शाहीको सुझाव- आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्नुस्

Advertisement Ads
रविलाई ज्ञानेन्द्र शाहीको सुझाव- आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्नुस्
Advertisement Ads

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्न सुझाव दिएका छन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आजदेखि गर्ने दुई दिने राजकीय भ्रमणका अवसरमा नेपाल सरकारले आज दिएको सार्बजनिक बिदाप्रति सामाजिक सञ्जालमा आलोचना भइरहेको बेला सांसद शाहीको यस्तो टिप्पणी आएको हो । उनले लामिछानेको पुरानो फेसबुक स्टाटसनै सेयर गर्दै बिदेशी राजाका खुट्टा नै ढोक्न जानु भन्दा आफनै देशका राजा फर्काउने अभियानमा लाग्न सुझाव दिएका छन् ।

उनले भनेका छन्-

माननीय रवि लामिछानेज्यु,  हिजोका दिनहरुमा तपाईंले जनताकोआवाज उठाउदै गर्दा हाम्रो साथ र समर्थन थियो तर आज तपाईं आफै गृहमन्त्री हुँदा कतारका राजा आउँदा सार्बजनिक बिदा दिनुभएछ, अब भन्नुहोस्, तपाईं र अरु नेतामा के फरक भो ? बोल्ने एउटा गर्ने एउटा ? बिदेशी राजाका खुट्टा नै ढोक्न जानु भन्दा आफनै देशका राजा फर्काउने अभियानमा लाग्नुहोस कति गुलामी गर्छौ हो बिदेशीको ?

 

Advertisement Ads

gyane QlSUt3CYuh https://bajarkochirfar.com/2517 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स