१८ कम्पनी नाफामा ४ घाटामा | हाइड्रोपावर कम्पनीहरूको तेस्रो त्रैमासिक रिपोर्टको रिभ्यु

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २९ गते

सेयर बजारमा अहिले हाइड्रोपावर कम्पनीहरूमा आकर्षण देखिएको छ। साथै अहिले नेप्सेमा सूचीकृत कम्पनीहरूले क्रमिक रूपमा Third Quarter ko Quarterly report  प्रकाशित गरिरहेका छन्।

शुक्रबारसम्म वित्तीय विवरण प्रकाशित गरेका २२ कम्पनीहरू मध्ये १८ कम्पनीहरुले खुद नाफामा छन् भने ४ कम्पनीहरुले खुद घाटा व्यहोरेका छन्।

नाफा कमाउने हरु साहस ऊर्जा, अरुण भ्याली हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी, सुपर मादी हाईड्रोपावर, रु जलविद्युत परियोजना, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, आँखुखोला जलविद्युत कम्पनी, मैलुङ खोला जलविद्युत, भिजन लुम्बिनी उर्जा कम्पनी, इष्टर्न हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रो र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी हुन् । भने घाटामा रहेका ४ कम्पनीहरु अपर स्याङ्गे हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रो र पाँचथर पावर कम्पनी रहेका छन् ।

१५ वटा कम्पनीहरूको नाफा गत वर्षको तुलनामा बढेको छ भने ६ कम्पनीहरूको नाफा गत वर्षको तुलनामा घटेको छ।गत बर्षको तुलनामा नाफा बढेका कम्पनीहरू साहस ऊर्जा, अरुण भ्याली हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी, रु जलविद्युत परियोजना, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, आँखुखोला जलविद्युत कम्पनी, मैलुङ खोला जलविद्युत, इष्टर्न हाइड्रोपावर, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर ( जुन अझै घाटामा छ, तर घाटा घटेको छ) र घलेम्दी हाइड्रो (पनि अझै घाटामा छ, तर घाटा घटेको छ)

गत वर्षको तुलनामा नाफा घटेका कम्पनीहरू सुपर मादी हाईड्रोपावर, बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, भिजन लुम्बिनी उर्जा कम्पनी, कुथेली बुखरी स्मल हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रो, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी हुन्

ऊपर स्याङ्गे हाइड्रोको मात्र खुद घाटा गत वर्षको तुलनामा अझ बढेको छ।

गत वर्ष घाटामा रहेका ४ कम्पनीहरु अहिले नाफामा फर्किन सफल भएका छन्।यी कम्पनीहरु सानिमा मिडल तमोर हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, मैलुङ खोला जलविद्युत हुन् । विद्युत बिक्री आम्दानी १३ कम्पनीको बढेको छ भने ६ कम्पनीको घटेको छ।

वित्तीय विवरण प्रकाशित गरेका २२ कम्पनीहरू मध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा साहस ऊर्जा लिमिटेड रहेको छ। कम्पनीले ९ महिनाको अवधिमा त्रियास्री करोड एकचलिस लाख रुपैयाँ कमाएको छ। साहस ऊर्जाको नाफा ७४.४४  प्रतिशतले बढेको छ। गत वर्ष यस अवधिमा कम्पनीले ४७ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यसको विद्युत बिक्री आम्दानी २ अर्ब २ करोड बाट बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। कम्पनीको आम्दानी बढ्दा र खर्च घटाउन सक्दा नाफा बढेको हो। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी २९ रुपैयाँ ४२ पैसा रहेको छ।

दोश्रो धेरै नाफा कमाउने कम्पनी अरुण भ्याली हाइड्रोपावर लिमिटेड रहेको छ। कम्पनीले ९ महिनाको अवधिमा ३४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको नाफा  ५७९९.८७ प्रतिशतले बढेको हो। गत वर्ष यस अवधिमा कम्पनीले ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यसको विद्युत बिक्री आम्दानी ६ करोड १ लाखबाट बढेर १९ करोड ७४ लाख रुपैयाँ पुगेको छ। कम्पनीको आम्दानी बढ्दा र वित्तीय खर्च घटाउन सक्दा नाफा आकर्षक रूपमा वृद्धि भएको हो। वित्तीय खर्च २१ करोड ८३ लाखबाट घटेर १० करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ११ रुपैयाँ ८५ पैसा रहेको छ।

तेश्रो धेरै नाफा कमाउने कम्पनीमा सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेड रहेको छ। कम्पनीले ९ महिनाको अवधिमा २१ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष यस अवधिमा कम्पनीले २ करोड ९५ लाख रुपैयाँ घाटा बेहोरेको थियो।

यसको विद्युत बिक्री आम्दानी बढेर १ अर्ब ३८ करोड  पुगेको छ। कम्पनीको आम्दानी बढ्दा नाफा पनि बढेको हो। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी भने ६ रुपैयाँ चौथिस पैसा रहेको छ।

चौथो धेरै नाफा कमाउने कम्पनीमा सिंगटी हाइड्रो इनर्जी लिमिटेड रहेको छ। कम्पनीले ९ महिनाको अवधिमा १३ करोड ४३ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो कम्पनी पनि गत वर्ष यस अवधिमा ३ करोड २१ लाख रुपैयाँ घाटामा थियो।

यसको विद्युत बिक्री आम्दानी ५३ करोड ७२ लाखबाट बढेर पच्पन्न करोड १६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको आम्दानी बढ्दा र खर्च घटाउन सक्दा नाफा बढेको हो। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ४ रुपैयाँ ६३ पैसा रहेको छ।

नाफाको आधारमा पाचौ स्थानमा भने अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड रहेको छ। कम्पनीले ९ महिनाको अवधिमा १२ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको नाफा एकसय छियानब्बे दशमलव एक तीन प्रतिशतले बढेको हो। गत वर्ष यस अवधिमा कम्पनीले ४ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यसको विद्युत बिक्री आम्दानी ५५ करोड ४० लाख रुपैयाँबाट बढेर ९८ करोड ५६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको आम्दानी बढ्दा र खर्च घटाउन सक्दा नाफा बढेको हो। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ९ रुपैयाँ १० पैसा रहेको छ।

नाफाको आधारमा छैठौं स्थानमा सुपर मादी हाईड्रोपावर लिमिटेड रहेको छ। कम्पनीले ९ महिनाको अवधिमा ८ करोड सत्ततर लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको नाफा २.७७ प्रतिशतले घटेको हो। गत वर्ष यस अवधिमा कम्पनीले ९ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यसको विद्युत बिक्री आम्दानी ९५ करोड ५५ लाखबाट घटेर ७४ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ। विद्युत बिक्रीमा आएको गिरावटले कम्पनीको नाफामा असर पुर्याएको हो। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी भने ३ रुपैयाँ ९८ पैसा रहेको छ।

नाफाको आधारमा सातौं स्थानमा रु रु जलविद्युत परियोजना लिमिटेड रहेको छ। कम्पनीले ९ महिनाको अवधिमा ७ करोड २ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको नाफा दुई दशमलव तीन सात प्रतिशतले बढेको हो। गत वर्ष यस अवधिमा कम्पनीले ६ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यसको विद्युत बिक्री आम्दानी ११ करोड ५९ लाखबाट बढेर ११ करोड ८३ लाख रुपैयाँ पुगेको छ। कम्पनीको आम्दानी बढ्दा र खर्च घटाउन सक्दा नाफा बढेको हो। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १६ रुपैयाँ ५० पैसा रहेको छ

नाफाको आधारमा आठौ स्थानमा श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड रहेको छ। कम्पनीले ९ महिनाको अवधिमा ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको नाफा १८ करोड ८ लाख रुपैयाँले बढेको हो। गत वर्ष यस अवधिमा कम्पनीले ८ करोड २८ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो।

यसको विद्युत बिक्री आम्दानी ५९ करोड ७६ लाख रुपैयाँबाट बढेर ६५ करोड ७४ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ४ रुपैयाँ २७ पैसा छ।

नाफाको आधारमा नौ स्थानमा  बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ। कम्पनीले ९ महिनाको अवधिमा ६ करोड ६३ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ। तर कम्पनीको नाफा ६.७७ प्रतिशतले घटेको हो। गत वर्ष यस अवधिमा कम्पनीले ७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 यसको विद्युत बिक्री आम्दानी ३० करोड ६६ लाखबाट बढेर ३० करोड ७४ लाख रुपैयाँ पुगेको छ। कम्पनीको आम्दानीमा झिनो सुधार भए पनि मर्मत खर्च बढेकाले नाफा घटेको हो। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ५ रुपैयाँ ८७ पैसा रहेको छ।

नाफाको आधारमा १० औ स्थानमा मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेड रहेको छ | चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ५ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीको नाफा अघिल्लो आवको तुलनामा ३६३.५१% ले बढेको हो। अघिल्लो आवमा कम्पनीको नाफा १ करोड २० लाख रुपैयाँ थियो।

कम्पनीले विद्युत बिक्रीबाट ३१ करोड  बयालीस लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आवको तुलनामा पईसठी दशमलव तीन चार प्रतिशतले बढी हो। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी (EPS) ९ दशमलव सततर पैसा रहेको छ।

नाफाको आधारमा ११ औ स्थानमा नेपाल हाइड्रो डेभलपर्स लिमिटेड रहेको छ। कम्पनीले ९ महिनाको अवधिमा ४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको नाफा बतीस दशमलव दुई छ प्रतिशतले बढेको हो। गत वर्ष यस अवधिमा कम्पनीले ३ करोड  छियतर लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यसको विद्युत बिक्री आम्दानी ८ करोड १५ लाखबाट बढेर ९ करोड २ लाख रुपैयाँ पुगेको छ। कम्पनीको आम्दानी बढ्दा र खर्च घटाउन सक्दा नाफा बढेको हो। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १७ रुपैयाँ ११ पैसा रहेको छ।

नाफाको आधारमा १२ औ स्थानमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेड रहेको छ। कम्पनीले ९ महिनाको अवधिमा ३ करोड ३६ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको नाफा १२०० प्रतिशतले बढेको हो। गत वर्ष यस अवधिमा कम्पनीले २५ लाख बहत्तर हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यसको विद्युत बिक्री आम्दानी १४ करोड ४ लाखबाट घटेर १३ करोड ७ लाख रुपैयाँमा आएको छ। कम्पनीको वित्तीय खर्च घट्दा र आम्दानी बढ्दा नाफा बढेको हो। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी २ रुपैयाँ २५ पैसा रहेको छ।

नाफाको आधारमा १३ औ स्थानमा मैलुङ खोला जलविद्युत लिमिटेड रहेको छ । कम्पनीले ९ महिनाको अवधिमा १ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष यस अवधिमा कम्पनीले ३ करोड १७ लाख रुपैयाँ खुद घाटा ब्यहोरेको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी २४ करोड छपन्न लाख रुपैयाँ पुगेको छ। कम्पनीको आम्दानी बढ्दा र खर्च घटाउन सक्दा नाफा बढेको हो। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९० पैसा रहेको छ।

नाफाको आधारमा १४ औ स्थानमा भने भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड रहेको छ। कम्पनीले ९ महिनाको अवधिमा १ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ। तर कम्पनीको नाफा ८७.२३  प्रतिशतले घटेको छ। गत वर्ष यस अवधिमा कम्पनीले ११ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यसको विद्युत बिक्रीसहितको कुल आम्दानी एक सय तीन दशमलव पाँच छ प्रतिशतले बढेर २६ करोड ४० लाख रुपैयाँ पुगेको छ। कम्पनीको आम्दानी बढे पनि वित्त खर्च २५ लाख २७ हजारबाट घटेर १४ करोड ३३ लाख रुपैयाँमा आएको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५ पैसा रहेको छ।

नाफाको आधारमा १५ औ स्थानमा इष्टर्न हाईड्रोपावर लिमिटेड रहेको छ। कम्पनीले ९ महिनाको अवधिमा १ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको नाफा २६३.९९  प्रतिशतले बढेको हो। गत वर्ष यस अवधिमा कम्पनीले ३३ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यसको विद्युत बिक्री आम्दानी ९ करोड ३५ लाख रुपैयाँबाट बढेर १० करोड  सतचालीस लाख रुपैयाँ पुगेको छ। कम्पनीको आम्दानी बढ्दा र खर्च घटाउन सक्दा नाफा बढेको हो। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी भने २ रुपैयाँ रहेको छ।

नाफाको आधारमा १६ औ स्थानमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड रहेको छ। कम्पनीले ९ महिनाको अवधिमा १ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। तर कम्पनीको नाफा २९.२४ प्रतिशतले घटेको हो। गत वर्ष यस अवधिमा कम्पनीले १ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यसको विद्युत बिक्री आम्दानी २ करोड तिरतर लाखबाट घटेर २ करोड पच्पन्न लाख रुपैयाँ पुगेको छ। कम्पनीको आम्दानी घट्नु र प्रशासनिक खर्च र वित्त खर्च बढ्दा नाफामा गिरावट आएको हो। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १० रुपैयाँ ५ पैसा रहेको छ।

नाफाको आधारमा १७ औ स्थानमा पञ्चकन्या माई हाईड्रो लिमिटेड रहेको छ। कम्पनीले ९ महिनाको अवधिमा ४३ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको नाफा ७९.७४ प्रतिशतले घटेको हो। गत वर्ष यस अवधिमा कम्पनीले २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यसको विद्युत बिक्री आम्दानी २९ प्रतिशतले घटेर २३ करोड पैसठ्ठी लाख रुपैयाँ पुगेको छ। कम्पनीको आम्दानी घट्दा नाफामा कमी आएको हो। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी बाउन्न पैसा रहेको छ।

नाफाको आधारमा १८ औ स्थानमा बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेड रहेको छ। कम्पनीले ९ महिनाको अवधिमा ५ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। तर कम्पनीको नाफा ४४.९१  प्रतिशतले घटेको हो। गत वर्ष यस अवधिमा कम्पनीले १० लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यसको विद्युत बिक्री आम्दानी १२ करोड उनासी लाखबाट घटेर १२ करोड २५ लाख रुपैयाँमा आएको छ। कम्पनीको खर्च बढ्दा नाफामा गिरावट आएको हो। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १९ पैसा रहेको छ।

अहिले सम्म वित्तीय विवरण प्रकाशित गरेका हाइड्रो पावर कम्पनी मध्ये धेरै घाटा व्यहोरेको कम्पनी पाँचथर पावर कम्पनी लिमिटेड रहेको छ।  कम्पनीले ९ महिनामा ५ करोड १६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत वर्ष यस अवधिमा कम्पनीको घाटा १२ करोड ५ लाख रुपैयाँ रहेको थियो।

यसको विद्युत बिक्री आम्दानी ७२ लाख ९६  हजार रुपैयाँ रहेको छ। असोज १२ गतेको वर्षाले आयोजनालाई प्रभावित बनाएको थियो। कम्पनीले मर्मत गरेर चैत १६ गतेबाट विद्युत उत्पादन सुरु गरेको छ। समीक्षा अवधिमा कम्पनीकोको प्रति सेयर आम्दानी ५ रुपैयाँ छतीस पैसा ऋणात्मक रहेको छ।

घाटामा रहेको अर्को कम्पनी हो घलेम्दी हाईड्रो लिमिटेड। कम्पनीले ९ महिनाको अवधिमा २ करोड ४६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यस अवधिमा कम्पनीले ७ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

यसको विद्युत बिक्री आम्दानी ८ करोड ६२ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४८.५८ प्रतिशतले बढेर कुल आम्दानी ११ करोड ५६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको आम्दानी बढ्दा र खर्च घटाउन सक्दा घाटामा कमी आएको हो। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ऋणात्मक रहेको छ।

घाटामा रहेको अर्को कम्पनी हो अपर स्याङ्गे हाइड्रोपावर लिमिटेड। कम्पनीले ९ महिनाको अवधिमा १ करोड ६२ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। कम्पनीको घाटा झन् बढेको छ। गत वर्ष यस अवधिमा कम्पनीले ३४ लाख १७ हजार रुपैयाँ घाटा बेहोरेको थियो।

यसको विद्युत बिक्री आम्दानी ५ करोड ६ लाखबाट घटेर ३ करोड  अनठानब्बे लाख रुपैयाँमा आएको छ। कम्पनीको आम्दानी घट्दा नोक्सानी बढेको हो। यता वित्तीय खर्च भने ४ करोड एकानब्बे लाखबाट घटेर २ करोड ६२ लाखमा आएको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर नोक्सानी २ रुपैयाँ ६ पैसा रहेको छ।

घाटामा रहेको अर्को कम्पनी हो दिव्यश्वरी हाइड्रोपावर लिमिटेड रहेको छ। कम्पनीले ९ महिनाको अवधिमा १५ लाख ७२ हजार रुपैयाँ घाटा व्यहोरेको छ। गत बर्षको तुलनामा कम्पनीको नोक्सानी घटेको हो । गत वर्ष यस अवधिमा कम्पनीले ३ करोड ९ लाख रुपैयाँ घाटा बेहोरेको थियो।

यसको विद्युत बिक्री आम्दानी ६ करोड ८ लाखबाट बढेर ६ करोड ९६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको आम्दानी बढ्दा र वित्तीय खर्च घटाउन सक्दा नोक्सानी घटेको हो। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ ४ रुपैयाँ ५३ रुपैयाँ रहेको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स