आजदेखि काठमाडौंका यी क्षेत्रमा १० दिन बिजुली काटिने, कुन ठाउँमा कहिले ?

आजदेखि काठमाडौंका यी क्षेत्रमा १० दिन बिजुली काटिने, कुन ठाउँमा कहिले ?
Representative Image
Advertisement Ads

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती गर्ने भएको छ।

कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा असोज १५ गतेदेखि २६ गतेसम्म चरणबद्ध रूपमा विद्युत् आपूर्ति बन्द गरी भूमिगत विद्युत् लाइन सञ्चालन तथा आवश्यक प्राविधिक काम गरिने प्राधिकरणले जनाएको छ।

सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति कटौती हुनेछ। प्राधिकरणका अनुसार असोज १५ गते सतुंगल–बौथली, १६ गते मच्छेगाउँ–दोभान चोक तथा खुसी चोक, १७ गते मूलपानी र १८ गते गर्जुधारा क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिनेछ।

त्यस्तै, असोज २० गते पुनः मूलपानी, २१ गते बलम्बु, २२ गते कोटेश्वर–बालकुमारी, २४ गते सिफल, २५ गते सतुंगल–धौलागिरी आवास र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरिनेछ।

प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ तथा स्वचालित बनाउने उद्देश्यले चरणबद्ध रूपमा काम अघि बढाइरहेको छ। पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा भूमिगत वितरण प्रणाली निर्माण सुरु गरिएको थियो।

दोस्रो चरणमा काठमाडौं जिल्लाका बाँकी सहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरका सहरी क्षेत्र र चौथो चरणमा पोखरा तथा भरतपुर महानगरपालिकाका क्षेत्रमा विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ तथा स्वचालित बनाउने काम भइरहेको प्राधिकरणले जनाएको छ।

कार्यक्रमअन्तर्गत ३३ केभी, ११ केभी तथा ४०० भोल्टका विद्युत् लाइन भूमिगत गरिनुका साथै अप्टिकल फाइबरसमेत बिछ्याइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स