सशस्त्र प्रहरी पोशाक लगाएर टिकटक बनाउने १६६ कर्मचारी कारबाहीमा



Advertisement
Ads

सशस्त्र प्रहरी बल नेपालले संगठनको नीति र निर्देशन विपरीत सामाजिक सञ्जालमा पोशाक लगाएर तस्बिर र भिडिओ अपलोड गर्ने १६६ जना सशस्त्र प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरेको छ। यो कारबाही विगत दुई वर्षको अवधिमा गरिएको हो।

कारबाहीमा पर्नेमा प्रहरी नायव निरीक्षकदेखि परिचरसम्मका कर्मचारी छन्। उनीहरूले फेसबुक, म्यासेन्जर, एक्स (ट्विटर), इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, वीच्याटजस्ता सामाजिक सञ्जालमा व्यक्तिगत प्रोफाइलमार्फत संगठनको पोशाकमा विभिन्न गतिविधिका तस्बिर तथा भिडिओहरू पोस्ट गरेका थिए।


Advertisement

कारबाहीमा परेका मध्ये १२ जना प्रहरी नायव निरीक्षक, ६ जना सहायक निरीक्षक, ९ जना वरिष्ठ हवल्दार, ५ जना हवल्दार, १० जना सहायक हवल्दार, १२१ जना जवान र ३ जना परिचर रहेका छन्।

उनीहरूलाई नसिहत, चेतावनी, बढुवा रोक्का, सचेतना, ध्यानाकर्षण तथा मौखिक सम्झाई-बुझाईजस्ता विभिन्न तहको कारबाही गरिएको छ, जसमा सबैभन्दा बढी ११८ जनालाई नसिहत दिइएको हो।

संगठनको विरुद्ध समाचारहरूमा नकारात्मक टिप्पणी गर्ने कर्मचारीहरूमाथि पनि कारबाही भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। यस उद्देश्यका लागि प्रधान कार्यालयमा सामाजिक सञ्जाल अनुगमन शाखा समेत स्थापना गरिएको छ।

अहिले थप ४ जना कर्मचारी कारबाही प्रक्रियामा रहेका छन्, जसमा १ जना सहायक हवल्दार र ३ जना जवान छन्। उनीहरूविरुद्ध चैत २८ गते आदेशात्मक पत्राचारमार्फत प्रक्रिया अघि बढाइएको हो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर