१ खर्ब ५ अर्ब रूपैयाँ कर्जाका लागि रेटिङ गराएका १५ कम्पनी इन्फोमेरिक्सको नेगेटिभ वाचमा

१ खर्ब ५ अर्ब रूपैयाँ कर्जाका लागि रेटिङ गराएका १५ कम्पनी इन्फोमेरिक्सको नेगेटिभ वाचमा

सम्पत्ति शुद्धीकरणका साथै धितोपत्र, बीमा र बैंकिङ कसुरमा नेपालका प्रतिष्ठित व्यावसायिक घरानाका व्यक्तिहरू विरुद्ध अदालतमा मुद्दा दायर भएपछि ती व्यवसायीहरू सम्बद्ध १८ वटा कम्पनीहरू उच्च वित्तीय जोखिमको निगरानीमा परेका छन्।

सम्पत्ति शुद्धीकरण, धितोपत्र, बीमा र बैंकिङ कसुरसम्बन्धी मुद्दामा नेपालका विभिन्न व्यावसायिक घरानासँग आबद्ध व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर भएपछि ती व्यवसायीहरू सम्बद्ध १८ कम्पनीको रेटिङ ‘क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’मा राखिएको छ।

निगरानीमा परेका १८ कम्पनीमध्ये १५ कम्पनीले करिब १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको कर्जा सुविधाका लागि रेटिङ गराएका छन्। अन्य तीन कम्पनीमध्ये हिमालयन लाइफ इन्स्योरेन्स र हुलास फिनसर्भ हायर पर्चेजको इस्युअर रेटिङ तथा हिमालयन इन्भेस्टमेन्ट बैंकरको फन्ड म्यानेजमेन्ट क्वालिटी रेटिङ निगरानीमा राखिएको छ।

गत जेठ २८ मा सरकारी वकिल कार्यालयले धितोपत्र, बीमा, बैंकिङ र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा विभिन्न व्यावसायिक घरानाका व्यक्तिहरूमाथि अदालतमा मुद्दा दायर गरेको थियो ।

काठमाडौं जिल्ला अदालत, पाटन उच्च अदालत र विशेष अदालतमा दर्ता भएको मुद्दाहरूमा कुल १६७ जनालाई अभियुक्त बनाइएको थियो । जसमध्ये धितोपत्रतर्फ ८१ जना, बीमातर्फ ४२ जना, सम्पत्ति शुद्धीकरणमा ३९ जना र बैंकिङ कसुरमा ५ जना प्रतिवादी रहेका छन् ।

निगरानीमा परेका कम्पनी र रेटिङ रकम अर्ब रुपैयाँमा
जगदम्बा स्टिल्स ३३.१५
शौर्य सिमेन्ट इन्डस्ट्रिज १४.८८
रिद्धि सिमेन्ट इन्डस्ट्रिज ११.९४
लिटमस इन्डस्ट्री ८.६७
गणपति वनस्पति ६.४८
जगदम्बा मोटर्स ५.९८
जगदम्बा हस्पिटालिटी ग्रुप ५.३०
रामजानकी हाइड्रोपावर ५.२५
वेदान्सी इन्फ्रास्ट्रक्चर ३.५०
टेली डाइरेक्ट २.५०
जगदम्बा अटो ग्रुप १.९१
जगदम्बा हायर पर्चेज १.७२
जगदम्बा फ्लोर एन्ड एग्रो १.५४
जगदम्बा मोबाइल्स ०.९०
टेलिटक ०.५७
हिमालयन लाइफ इन्स्योरेन्स –
हिमालयन इन्भेस्टमेन्ट बैंकर –
हुलास फिनसर्भ हायर पर्चेज इस्युअर रेटिङ –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स