SHAREHUBSHAREHUB

ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेदवारको मनोनयन

AdvertisementAds
ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेदवारको मनोनयन
AdvertisementAds

ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। उनीहरूले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता गरेका हुन्।

मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाल मजदुर किसान पार्टीबाट सविना प्रजापति, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विश्वराज पोखरेल, मङ्गोल नेश्नल अर्गनाइजेशनबाट बजेन्द्र राई, नेकपा (एमाले)बाट अस्मिता थापा, राष्ट्रिय जनमोर्चा पार्टीबाट शेरबहादुर खत्री, उज्यालो नेपाल पार्टीबाट किशोरी कार्की, श्रम संस्कृति पार्टीबाट उद्धवकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डिकप्रसाद बाँस्तोला, नेपाली कांग्रेसबाट कुमार लुइँटेल, जनता समाजवादी पार्टी (संयुक्त)बाट नेत्रबहादुर नेम्वाङ, नेपाली कम्युनिष्ट पार्टीबाट अम्बिरबाबु गुरुङ, समावेशी समाजवादी पार्टीबाट पिङ्की राई (बेगुराम राई) र मितेरी पार्टी नेपालबाट कुमार बहादुरले मनोनयन दर्ता गरेका छन्।

यस्तै मोलुङ–२ का विक्रम दाहाल, मानेभन्ज्याङ–४ का सन्तबहादुर तामाङ र मानेभन्ज्याङ–४ का नारायणकाजी तामाङले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् भन्ने मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स