नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा कानुन व्यवसायी तथा आर्थिक पत्रकार सरद ओझा सहित १२ जनाले उम्मेदवारी दिएका छन्। गहन आर्थिक विषयवस्तुमा कलम चलाउने ओझा अध्यक्ष पदका प्रतिस्पर्धीमध्ये एक हुन्।
अर्थ मन्त्रालयका अनुसार पूर्वअध्यक्ष चिरञ्जीवी चापागाई, कार्यकारी निर्देशक कमलप्रसाद रेग्मी, डा. दामोदर बसौला, डा. देवराज रोका, रामशरण पुडासैनी, बुद्धकाजी श्रेष्ठ, विष्णुबाबु मिश्र, डिमप्रसाद पौडेल, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठले पनि आवेदन दिएका छन्।
अध्यक्ष छनोट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीको संयोजकत्वमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र ज्योतिचन्द्र ओझा सदस्य रहेका छन्। समितिले ५ जनालाई छनोट गरी कार्य योजना सहितको प्रस्तुतीकरण पछि तीनजनाको नाम सिफारिस गर्नेछ।
अर्थ मन्त्रालयले ती तीनजनाको सूची मन्त्रिपरिषदमा पठाउनेछ, जहाँ आगामी ४ वर्षका लागि एकजनालाई अध्यक्षमा चयन गरिनेछ।












![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-768x432.jpg)
![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)



प्रतिकृया