नेपाल प्रहरीका ११ जना एसएसपीको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?

नेपाल प्रहरीका ११ जना एसएसपीको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?

नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले विज्ञप्ति जारी गर्दै एसएसपीहरूको सरुवाबारे जानकारी दिएको हो।

सरुवा हुने एसएसपीहरूमा केदार खनाल, दीपक पोखरेल, दीप शम्शेर जबरा, नान्ती राज गुरुङ, विमल राज कँडेल, महेन्द्र खड्का, रमेश कुमार बस्नेत, श्याम कुमार महतो, वसन्त रजौरे, सन्तोष खड्का र सोमेन्द्र सिंह राठोर रहेका छन्।

सरुवा अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रमेश कुमार बस्नेतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा, रानीपोखरीमा पठाइएको छ। उक्त कार्यालयमा सन्तोष खड्कालाई सरुवा गरिएको छ। खड्का यसअघि गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एसएसपी सोमेन्द्र सिंह राठोरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ। प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत वसन्त रजौरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा पठाइएको छ।

ssp saruwa 1 https://bajarkochirfar.com/11-ssps-of-nepal-police-transferred-who-has-responsibility-for-where | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स