instainsta

काठमाडौँको एक म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते

काठमाडौँको एक म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते
AdvertisementAds

काठमाडौँको कमलपोखरीस्थित एक म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको छ।

आज बिहान ८ बजेर ४२ मिनेटमा सानदार म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको हो। सोही पसलमा काम गर्ने ११ जना पुरुष व्यक्तिहरू घाइते भएका हुन्। उनीहरूलाई उपचारका लागि पहिला हिमाल अस्पताल हुँदै अहिले कीर्तिपुर बर्न अस्पतालमा लगिएको छ।

-विष्फोटमा परेका ११ मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने भवनमा पनि क्षति पुगेको छ।

बिहान एक्कासी ठूलो आवाजका साथ विष्फोट भएपछि सुरक्षाकर्मीका गाडी र एम्बुलेन्स त्यसतर्फ गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स