अमेरिकाको ४७ औं राष्ट्रपति पदमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन्। उनले वर्तमान उपराष्ट्रपति र डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराउँदै दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा पुनः प्रवेश गरेका हुन्।
राष्ट्रपति बन्नका लागि आवश्यक २७० इलेक्टोरल मतमध्ये ट्रम्पले २७९ इलेक्टोरल मत प्राप्त गरेका छन् भने ह्यारिसले २३३ मतमा सीमित रहिन्। यसअघि ट्रम्प सन् २०१९ मा पहिलो पटक अमेरिकी राष्ट्रपति निर्वाचित भएका थिए।
यस पटक अमेरिकामा पहिलो महिला राष्ट्रपति चुनिन सक्ने विश्लेषण थियो, र कडा प्रतिस्पर्धाको भविष्यवाणी गरिएको थियो। तर, ट्रम्पले अपेक्षाभन्दा सजिलै जित हात पारेका छन्।
डेमोक्र्याटको बलियो आधार मानिएका राज्यहरूमा समेत ट्रम्पको बलियो पकड देखिएको छ, जसले मतदाताहरूको समर्थन कुनै पनि बेला परिवर्तन हुनसक्ने संकेत गरेको छ।












![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया