instainsta

‘हेर्ने कथा’का पात्र प्रकाशले पाए नेपाली नागरिकता

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १६ गते
‘हेर्ने कथा’का पात्र प्रकाशले पाए नेपाली नागरिकता
AdvertisementAds

गोर्खाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारमा ३३ वर्षसम्म गोठालो जीवन बिताएका प्रकाश मोक्तानले नागरिकता प्राप्त गरेका छन्। ‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ कार्यक्रमका पात्र प्रकाशलाई आइतबार उनको घर षडानन्द नगरपालिका-१०, साङपाङमा नेपाली नागरिकता हस्तान्तरण गरिएको हो।

नागरिकता हस्तान्तरण षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले गरे। वडा नम्बर १० का अध्यक्ष प्रेम दोर्जी शेर्पाको सिफारिसमा इलाका प्रशासन कार्यालय दिङ्लाले प्रकाशलाई नागरिकता दिएको हो।

यस अवसरमा इलाका प्रशासन कार्यलय प्रमुख बिनोद ज्ञावली र षडानन्द नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं समेत उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स