हिमालायन बैंकले ४ लाख २७ हजार ५४० कित्ता संस्थापक सेयरर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनीहरु : देव राज तामाङ, हर्क बहादुर तामाङ , स्नेहलता ठाकुर, प्रकाश तायल र गिरेन्द्र मान सिंह श्रेष्ठको नाममा रहेको कुल ४ लाख २७ हजार ५४० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।यो सेयर हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् ।
इच्छुक संस्थापकले आजको मितिदेखि ३५ दिन भित्र आवश्यक कागजात सहित खरिद गर्न चाहेको कित्ता विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय कमलादी , काठमाण्डौंमा आवेदन दिन सक्ने छन् । तोकिएको म्याद (३५ दिन) भित्र संस्थापक सेयरधनीहरूबाट कुनै खरिद आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।


प्रतिकृया