स्वाबलम्बन लघुवित्त वित्तीय संस्था र हिमालयन ८०–२० को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। स्वाबलम्बन लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि र हिमालयन ८०–२० ले प्रतिफल वितरण प्रयोजनका लागि भोलि कात्तिक ९ गते बुकक्लोज गर्दैछन्। तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनी तथा इकाईधनीहरुले प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
लाभांश प्रस्ताव पारित गर्न स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक ३० गते, शुक्रबार, लिसरा रिसेप्सन्स्, भगवतीबहाल, नक्साल, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यस्तै, हिमालयन क्यापिटल लिमिटेडको योजना व्यस्थापनमा हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई कर सहित ६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।












![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)





![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया