बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूर्योदय वोमी लघुवित्त वित्तीय सस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १२ लाख ८२ हजार १०८ दशमलव ५३७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत साउन ३२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४.००५१४३ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । उक्त बोनस सेयरको लागि सेयरधनीले कर बापतको रकम जम्मा गर्नुपर्ने छ । कर बापतको रकम तिरेपछि मात्रै बोनस सेयर सेयरधनीको हितग्राही खातामा आउनेछ् ।
अब यो बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।




















प्रतिकृया