सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१ हजार ८०५ कित्ता संस्थापक सेयर लिलामी विक्रीमा ल्याएको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ६१ हजार ८०५ कित्ता सेयर विक्रीमा ल्याएको हो।
उक्त सेयर जोकोही व्यक्ति, कम्पनी र संस्थाले खरिद गर्न सक्नेछन्। कम्पनीले यसअघि यी सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी कम्पनीले लिलामी मार्फत विक्री खुला गरेको थियो । विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नआए पश्चात अन्य व्यक्ति तथा संस्थाहरुमा बिक्रीमा ल्याएको हो।
लिलामी सेयरको न्यूनतम मूल्य २९४ तोकिएको छ। सेयर खरिदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिने व्यवस्था रहेको छ। सेयर बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताहरुले कम्पनीले प्रस्ताव गरेको १४ दशमलव शून्य ७७ प्रतिशत लाभांश समेत प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ।
इच्छुक लगानीकर्ताले जेठ १३ गतेभित्र काठमाडौं बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर,पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा आवेदन दिन सक्नेछन।
#BajarkoChirfar




















प्रतिकृया