सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, बोनस सेयर र नगद कति?

सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, बोनस सेयर र नगद कति?
Advertisement Ads

सुपरमाई हाइड्रोपावरले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई १२.६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयर धनीलाई नगद र बोनस सेयर सहित १२.६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल  कायम चुक्ता पुँजीको ७ प्रतिशत अर्थात् ३ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर र ५.६३ प्रतिशत अर्थात् २ करोड ८१ लाख ५० हजार नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। बोनस सेयर वितरणपछि कम्पनीको पुँजी ५० करोड रुपैयाँबाट बढेर ५३ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी साधारण सभामा पारित भएपश्चात मात्र सेयरधनीहरूले सो लाभांश पाउनेछन्।

super https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%81%e0%a4%aa%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%88-%e0%a4%b9%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%be | %tags

 

Advertisement Ads

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स