सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११३.०५ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा कम्पनीले ५ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो।
विद्युत् बिक्री आम्दानी ०.११ प्रतिशतले घटेर २६ करोड ३५ लाख रुपैयाँ पुगेको छ। तर, वित्तीय खर्चमा उल्लेख्य कमी आएपछि नाफामा वृद्धि भएको हो। कम्पनीको वित्तीय खर्च १३ करोड ९० लाख रुपैयाँबाट घटेर ७ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ३.८८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ २१ पैसा रहेको छ। जगेडा कोष ६ करोड ४० लाख रुपैयाँ छ ।



















प्रतिकृया