सामान्य करेक्सनपछि पुन: बढ्यो सेयरबजार, सबैभन्दा बढी कारोबार हुने कम्पनी कुन?

सामान्य करेक्सनपछि पुन: बढ्यो सेयरबजार, सबैभन्दा बढी कारोबार हुने कम्पनी कुन?
Advertisement Ads

आज बजारमा सुरुवातमा केही उतारचढाव आएपनि बजार बन्द हुने क्रममा बढेर बन्द भएको छ। अघिल्लो दिन कारोबार रकम केही घटेको बजारमा आज फेरी कारोबार रकम भने बढेको छ । यस दिन २३ अर्ब बढीको कारोबार भएको छ। बजारमा लगानीकर्ताहरु बिच उत्साह भने कायमै छ तेसैले हरेक दिन कारोबार रकम २० अर्ब माथि नै रहेको छ। यसरी बजारको माहोल उत्साहजनक देखिएपछि  लगानीकर्ताहरु पनि बजार प्रति सकारात्मक भएका छन् । 

आज सबैभन्दा बढी कारोबार कसको भयो?

आज नेप्से परिसूचक ३४. २९ अंकले बढ्दा २३ अर्ब बढीको कारोबार  भएको छ। आज दिनभरमा सबै भन्दा बढी हिमालयन री इन्स्योरेन्सको शीर्ष स्थानमा रहेको छ।  यस दिन हिमालयन री इन्स्योरेन्सको ८६ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। यस्तै बढी कारोबार हुनेमा क्रमसः शिवम् सिमेन्ट, अपि पावर, नेपाल फाइनान्स , सानिमा माई हाइड्रो रहेका छन। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ८४ करोड भन्दा बढीको सेयर कारोबार भएको छ भने अपि पावरको साढे ७५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

आजको सेयरबजार 37 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%95%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a4%a8%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83 | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स