सानिमा बैंकको साधारणसभा आज बस्दै, लाभांश पारित गर्ने मुख्य एजेन्डा

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ४ गते
सानिमा बैंकको साधारणसभा आज बस्दै, लाभांश पारित गर्ने मुख्य एजेन्डा
सानिमा बैंकको २०औँ वार्षिक साधारणसभा आज मंसिर ४ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सुरु हुँदैछ।

सभामा आर्थिक वर्ष २०८०/८१ का लागि हाल कायम चुक्तापुँजीको ५.२६३२ प्रतिशत बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, र नगद प्रवाहलगायतका वित्तीय विवरणमा छलफल गरी पारित गरिनेछ।

साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक २५ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, कात्तिक २५ गतेसम्म कायम सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स