साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाले आगामी असार ३० गतेबाट एकीकृत वित्तीय कारोबार शुरु गर्ने भएका छन् । मर्जरपश्चात बनेको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट दुबै कम्पनीले एकीकृत वित्तीय कारोबार गर्न लागेका हुन् ।
यी दुई कम्पनीले वैशाख १२ गते मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए । कम्पनीलाई एकीकृत कारोबार गर्नका लागी नेपाल राष्ट्र बैंकले असार १३ गते अन्तिम स्वीकृति दिएको थियो ।
मर्जरपश्चात बनेको सम्पदा लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय हाल सबैको लघुवित्त वित्त्रीय संस्थाको कार्यालय रहेको स्थान बन्दीपुर गाउँपालिका –१ डुम्रे तनहुँमा रहने छ ।
साथै, असार ३० गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै कम्पनीको असार २९ गते सबै सेवाहरु बन्द रहने कम्पनीले जानकारी दिएको छ ।






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)


![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)


![सुपर पर्फर्मर सेयर ट्रेडर कसरी बन्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/OHH2VNaSv9w-maxresdefault-768x432.jpg)






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया