सयपत्री हाइड्रोपावर लिमिटेडले १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । मङसिर २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।
साथै, बैठकले उक्त निर्णय स्वीकृतिका लागि विद्युत नियमन आयोग समक्ष पेश गर्ने पनि जनाएको छ ।आयोगबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी आठौं वार्षिक साधारणसभामा प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ ।
हकप्रद सेयर निष्काशनबाट प्राप्त रकम कम्पनीको ऋण तथा दायित्व भुक्तानी गर्न र दरम खाेला ए जलविद्युत आयोजनाको मर्मत सुधार गर्ने प्रयोजनको लागि हकप्रद सेयर निष्काशन गर्न लागेको जानकारी गराएको छ । हाल कम्पनीको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ । शत प्रतिशत हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ पुग्नेछ ।















प्रतिकृया