समाज लघुवित्तको छैटौं वार्षिक साधारण सभा आगामी असार ३० गते हुने

समाज लघुवित्तको छैटौं वार्षिक साधारण सभा आगामी असार ३० गते हुने
AdvertisementAds

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले  छैटौं वार्षिक साधारण सभा आगामी असार ३० गते बोलाएको छ। कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा सर्लाहीको मलंगवास्थित जानकी फेमली होटल एण्ड पार्टी प्यालेसमा बिहान साढे ११ बजेदेखि सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभामा सर्वसाधारण समूह ख बाट २ जना सञ्चालकको निर्वाचन गर्ने र अन्य कुनै वित्तीय संस्थासँग एकआपसमा गाभ्ने/गाभिने तथा मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, सभाले गत आव २०७९ /८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी असार २० गतेदेखि ३० गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै  सभामा सहभागी हुन योग्य हुनेछन् ।

#Bajarkochirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स