समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपिओ) आज बाँडफाँट गरिएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सम्पन्न बाँडफाँटमा ३५ हजार ९० जनाले १० कित्ता सेयर पाएका छन्, भने बाँकी रहेको ४.२५ कित्ता ४ जनालाई बाँडफाँट गरिएको छ।
लघुवित्तले सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत पुर्याउन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार एफपिओ जारी गरेको थियो। कात्तिक १२ देखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपिओ बिक्रीमा राखिएको थियो।
लगानीकर्ताले एफपिओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट, मेरोसेयर, सीडीएस एन्ड क्लियरिङको https://iporesult.cdsc.com.np/ कम्पनीको वेबसाइट तथा सेयरहब एपबाट हेर्न सक्नेछन्।




















प्रतिकृया