नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ती पश्चात थप हुने आएको १४ लाख ८४ हजार ७८५ कित्ता सेयर सूचीकृत भएको हो ।
समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तले समान अर्थात १ः१ अनुपातमा प्राप्ती गरेको हो । नेप्सेमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा धितोपत्रको सूचीकरण गरिएको र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सूचीकरण खारेज गरिएको छ ।
मनकामना स्मार्ट लघुवित्त सूचीकरण खारेज गरी त्यस कम्पनीको १४ लाख ८४ हजार ७८५ कित्ता सेयर समता घरेलु लघुवित्तको नामममा कायम गरी कुल ५६ लाख ४० हजार ६३ कित्ता सेयर सूचीकृत रहेको छ ।



















प्रतिकृया