समता घरेलु लघुवित्त वित्तीय संस्थाले जारी गरेको एफपीओमा धेरै लगानीकर्ताको हात खाली हुने भएको छ। सिडिएसका अनुसार एफपिओमा अन्तिम दिनसम्म १४ लाख ३४ हजार ३८९ जनाले २ करोड १३ लाख २९ हजार ८९० कित्ताका लागि आवेदन दिएका थिए ।
सोही आवेदन मार्फत २ अर्ब १३ करोड २९ लाख ८९ हजार रुपैयाँ संकलन भएको छ। जुन मागभन्दा ६०.७८ गुणा बढी आवेदन हो । यसरी बढी आवेदकहरुको कारण, १३ लाख ९९ हजार २९९ जनाको हात खाली हुनेछ। कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ५० हजार ९०४ एफपिओ सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ३५ हजार ९० जनाले मात्रै १०.१० कित्ताका दरले एफपिओ हात पार्नेछन् । सोहि मध्येका ४ जनाले थप १ कित्ता सेयर पाउनेछन् ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया