सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सातौँ वार्षिक साधारणसभा भोलि बस्ने भएको छ । सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बिहान १० बजे सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीको चुक्ता पुँजी तीन अर्ब २० करोड रुपियाँको २३.८० प्रतिशत बोनश सेयर र १.२५२६ प्रतिशत (कर प्रयोजनार्थ) नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभामा २७ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।
साधारणसभा प्रयोजनको लागि वैशाख २७ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार वैशाख २६ गतेसम्म कायम सेयरधनीहरू सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।











![के नेप्सेले बटम लगाउँदैछ? टेक्निकल एनालाइसिसले के भन्छ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-5-768x432.jpg)





प्रतिकृया