सञ्चालनमा आएको तीन महिनामै किन बन्द भयो धरहरा ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २ गते
सञ्चालनमा आएको तीन महिनामै किन बन्द भयो धरहरा ?

धरहरा सञ्चालनमा आएको तीन महिनामै बन्द भएको छ। सहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरका अनुसार लिफ्ट बिग्रिएपछि धरहरा अनिश्चितकालका लागि बन्द गरिएको हो।

उनले भने,”लिफ्ट बिग्रिएपछि केही दिनदेखि बन्द छ। मर्मतपछि फेरि सञ्चालनमा आउनेछ।”

२०७२ सालको भूकम्पपछी  निर्माण कार्य सुरु भएको छ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा सम्पन्न नहुँदै, असोज ३ गते संविधान दिवसको दिन धरहरा सञ्चालनमा ल्याइएको थियो।

परीक्षणका लागि खुला गरिएको धरहरामा दैनिक ६०० जना निःशुल्क चढ्न सक्ने व्यवस्था गरिएको थियो। अनलाइनमार्फत टिकट बुक गरेर निःशुल्क प्रवेशको सुविधा दिइएको थियो।

बुधबार र सार्वजनिक बिदाको दिनबाहेक अन्य दिनमा धरहरा खुला राखी चढ्न सक्ने व्यक्तिको संख्या १,०५० पुर्‍याइएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स