SHAREHUBSHAREHUB

सञ्चारकर्मी प्रकाश सुवेदीलाई ज्यान मार्ने धम्की

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २७ गते
AdvertisementAds
सञ्चारकर्मी प्रकाश सुवेदीलाई ज्यान मार्ने धम्की
AdvertisementAds

सञ्चारकर्मी प्रकाश सुवेदीलाई ज्यान मार्ने धम्की आएको विषय अहिले चर्चाको बिषय बनेको छ। सुवेदीलाई फोनमार्फत धम्की आएको हो, जसको कारण उनले आफ्नो सुरक्षा सुनिश्चित गर्न प्रहरीसँग सहायताको लागि गुहार गरेका छन्।

फोनमा एक युवकले हिन्दी भाषामा आफुलाई दुई करोडको सुपारी प्राप्त भएको बताएको थियो, जसले सुवेदीलाई चिन्तित बनायो। धम्की दिने व्यक्तिले सुवेदीको छोराछोरीको अमेरिकामा रहेको ठेगाना समेत खुलाएको थियो, जसपछि सुवेदीको होस उडेको थियो।

बारम्बार धम्की आएपछि सुवेदीले फोनका रेकर्डहरूसहित प्रहरी साइबर ब्युरो र अपराध अनुसन्धान शाखामा उजुरी दिएका छन्। प्रहरी यसबारेमा अनुसन्धानमा जुटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स