insta insta

संविधान दिवसमा जसपा सहभागी नहुने, त्रुटि सुधारको माग गर्दै विरोध प्रदर्शन गर्ने

संविधान दिवसमा जसपा सहभागी नहुने,  त्रुटि सुधारको माग गर्दै विरोध प्रदर्शन गर्ने
Advertisement Ads

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले असोज ३ गतेको संविधान दिवसमा भाग नलिने निर्णय गरेको छ। यादवले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकारद्वारा घोषित संविधान दिवसको विरोध गर्ने बताएका छन्। उनले संविधानमा रहेका विभेदकारी र त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि दबाब दिन विभिन्न कार्यक्रम आयोजना गरिने जानकारी दिएका छन्।

उनका अनुसार, संविधानमा संशोधन, परिमार्जन, र पुनर्लेखनको आवश्यकतासहित संघीय संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व, राष्ट्रिय पहिचानको मान्यता, र न्यायपालिकाको संरचनात्मक परिवर्तन जस्ता विषयमा सुधार गर्नुपर्नेछ। जसपा नेपालको धारणा अनुसार संविधानलाई सबै समुदायले स्वामित्व लिन सक्ने बनाउनु आवश्यक छ।

Screenshot 2024 09 17 141154 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a4%82%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%a6%e0%a4%bf%e0%a4%b5%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a4%b8%e0%a4%aa%e0%a4%be-%e0%a4%b8%e0%a4%b9%e0%a4%ad%e0%a4%be | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स