पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संविधान भित्रका समाजवादी पक्षहरुलाई तलमाथि हुनेगरी संशोधन गरे राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए।उनले संविधान बनाएको ९ वर्ष पूरा भएको भन्दै संविधान संशोधन गर्ने नाममा समाजवादी पक्षहरुलाई तलमाथि गर्नेकुरा सह्य नहुने बताए। उनले संविधान एउटा सम्झौता भएकाले संविधानको रक्षाका लागि आन्दोलन गर्ने घोषणा गरे। उनले संविधानमा भएका पुँजीवादी र काम नलाग्ने कुरालाई हटाउन आवश्यक रहेको बताए । काम नलाग्ने कुराहरुलाई क्रमिक रुपले संशोधन गर्दै जानुपर्ने बताएका छन् । उनले संविधानमा भएका प्रगतिवादी कुराहरुमध्ये कुनैपनि कुराहरुलाई पश्चगामी ढंगले संशोधन गर्न प्रयत्न गरे देशमा अर्को जनआन्दोलन निम्तिने बताएका छन्।
उनले भने, ‘यो संविधान बनाएको ९ वर्ष भयो । हिजो मात्रै संविधान दिवस मनायौँ । यो संविधान एउटा सम्झौताको संविधान हो । यो संविधानभित्र पुँजीवाद पनि छ, समाजवाद पनि छ । दुई वटै कुराहरु छन् । हामी यो संविधान भित्रका समाजवादी पक्षहरुलाई तलमाथि कसैले गर्छ भने हामी त्यसका बिरुद्ध फेरि राष्ट्रव्यापी आन्दोलन गर्छौं । यो संविधानको रक्षाका लागि । यो संविधानमा भएका पुँजीवादी कुराहरु, केही काम नलाग्ने कुराहरु पनि छन् । ति काम नलाग्ने कुराहरुलाई क्रमिक रुपले संशोधन गर्दै जानुपर्छ । तर संविधानलाई अहिले संशोधन गर्नुपर्छ भन्ने जुन होहल्ला यो देशका ठूला हौँ भन्ने दुई वटा पार्टीहरुले चलाइरहेका छन्, यदी त्यो संविधानमा भएका प्रगतिवादी कुराहरुमध्ये कुनैपनि कुराहरुलाई पश्चगामी ढंगले संशोधन गर्न प्रयत्न गरिन्छ भने त्यसले यो देशमा अर्को जनआन्दोलन निम्त्याउनेछ । दुईटा ठूला पार्टीहरुले आशा नगरेपनि हुन्छ । त्यो संविधान त्यसरी संशोधन गर्न हामी दिँदैनौँ ।’
पूर्वप्रधानमन्त्री खनालले पार्टीलाई नयाँ ढंगले निर्माण गर्नुको विकल्प नरहेको बताए।—न्युज एजेन्सी नेपाल
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया