शिव श्री हाइड्रोपावरले बोलायो साधारणसभा, के के छन् एजेण्डा?

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १ गते
शिव श्री हाइड्रोपावरले बोलायो साधारणसभा, के के छन् एजेण्डा?
शिव श्री हाइड्रोपावर लिमिटेडले असोज २३ गते वार्षिक साधारण सभा डाकेको छ । सभा काठमाडौंस्तिथ अनुपम फुडल्याण्ड एन्ड ब्यांकेटमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । साथै, सभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि निर्धारण  गर्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले असोज १५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज १४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् । हाल यस कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति कुरिरहेको छ ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स