धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुट पाउने भएका छन्।
नेपाली नागरिकका लागि प्रवेश शुल्क प्रतिव्यक्ति २०० रुपैयाँ तोकिएको छ भने सार्क राष्ट्रका पर्यटकलाई ५०० रुपैयाँ र सार्कबाहेक अन्य राष्ट्रका पर्यटकलाई १००० रुपैयाँ तोकिएको छ।
धरहरा परिसरमा चार पाङ्ग्रे सवारीका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ पार्किङ शुल्क लाग्नेछ। परिसरमा प्रवेशका लागि ५० रुपैयाँ लाग्नेछ भने राष्ट्रिय महत्त्वका विज्ञापनका लागि प्रतिघन्टा ५,००० रुपैयाँ, व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघन्टा ५,००० रुपैयाँ, र फोटोग्राफीका लागि प्रतिघन्टा १,००० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
मन्त्रिपरिषद् बैठकले ९ मंसिर, २०८१ देखि धरहरालाई शुल्कसहित व्यवस्थित रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ अनुसार धरहराको सञ्चालन नहुँदासम्म यो शुल्क व्यवस्था अन्तरिम रूपमा लागू हुनेछ।



















प्रतिकृया