अविरल वर्षाका कारण बन्द भएको रसुवागढी–केरूङ अन्तर्राष्ट्रिय राजमार्ग सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।
गत असोज १२ गतेदेखि अवरुद्ध रहेको यस मार्गलाई पुनर्निर्माण गर्न चिनियाँ पक्षले आइतबारसम्मको समय लिएको थियो। सीमा क्षेत्रका अधिकारीहरूले आइतबार टेलिफोनमार्फत राजमार्ग सञ्चालनको जानकारी दिएका छन्।
यो राजमार्ग पुनः सञ्चालनमा आउँदा नेपाल–चीन व्यापारमा सहजीकरण हुने विश्वास गरिएको छ। साथै, यस कार्यलाई थप सहज बनाउन उच्च तहको सहजीकरण भएको बताइएको छ। रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ भूभागमा पहिरो जाँदा मार्ग अवरुद्ध भएको थियो।
सडक अवरुद्ध हुँदा, चिनियाँ मालसामान ढुवानी गर्ने सवारी साधनहरू टिमुरे क्षेत्रमा नै रोकिएका थिए।



















प्रतिकृया