सरकारले लेबनानमा रहेका नेपालीहरुको सूची अध्यावधिक गर्न विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ ।
इजिप्टको कायरोस्थित नेपाली दुताबासले एक सूचना जारी गर्दै पछिल्ला दिनमा लेबनानमा विकास भइरहेको परिस्थितिका सम्बन्धमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता अपनाउदै आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।
दुताबासले कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै फोन नम्बर र इमेल ठेगाना समेत सार्बजनिक गरेको छ ।
सम्पर्क ठेगाना निम्न बमोजिम छ :
कायरो
इमेलः [email protected]
सम्पर्क व्यक्तिः
दीपक घिमिरे, द्वीतिय सचिव
फोन नं. +201097772348 (WhatsApp)
माधवराज काफ्ले, तृतीय सचिव
फोन नं. +201002505997 (WhatsApp)
बेरुत
इमेलः [email protected]
मोहम्मद गोजायल, अवैतनिक महावाणिज्यदूत
फोन नं. +9613301181/+96171688821/+96181883713
साथै लेबनानमा रहेका नेपाली नागरिकहरुले दूतावासको वेबसाइटमा रहेको लिंक Registration of Nepali Nationals in Lebanon – Embassy of Nepal – Cairo, Egypt (nepalembassy.gov.np) मार्फत् आवश्यक विवरण उपलब्ध गराउन सकिने छ ।
इजरायलले लेबनानमा रहेका हिजबुल्लाहका केन्द्रहरुमा हवाई आक्रमण शुरु गरेपछि लेबनानको अवस्था नाजुक बनेको छ । अहिलेसम्म नेपाली नागरिकको अवस्था सुरक्षित रहेको बताइएको छ ।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया