लाभांश वितरण र हकप्रदको प्रस्ताव पारित गर्न मन्दाकिनी हाइड्रोपावरले बोलायो साधारण सभा

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ५ गते
लाभांश वितरण र हकप्रदको प्रस्ताव पारित गर्न मन्दाकिनी हाइड्रोपावरले बोलायो साधारण सभा

मन्दाकिनी हाइड्रोपावरले लाभांश प्रस्ताव पारित गर्न मंसिर ७ गते साधारण सभा बोलाएको छ । कम्पनीको एघारौँ वार्षिक साधारण सभा नेपाली चुलो, लाजिम्पाट काठमाडौंमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीले गत वर्षको नाफाबाट  हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि सहित ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले बोनस वितरणपश्चात कायम हुने चुक्ता पुँजीबाट १ः१.२५ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुने र २०८१/८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।

सभा र लाभांश प्रयोजनको लागि कम्पनीले कात्तिक २८ गते बुक क्लोज गर्दैछ । तसर्थ, कात्तिक २७ गतेसम्म कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स