नेशनल लघुवित्तले मंसिर २४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अरनिको पार्टी प्यालेस, बनेपा-५, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले गत वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, बोनस सेयर वितरणपछि कायम पुँजीबाट ७ लाख ६५ हजार ३७७.६४ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ। सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्नेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि रहेको छ ।
सभा प्रयोजनार्थका लागि कम्पनीले मंसिर १८ गतेबाट २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जस अनुसार मंसिर १७ गतेसम्म कायम सेयरधनीले कम्पनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउनेछन् ।







![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-768x432.jpg)





![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया