लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख २३ गते
लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित

बेलायत लण्डनको मेयरमा सादिक खान पुनः निर्वाचित भएका छन् । सादिक खानले तेस्रो कार्यकालका लागि जित हासिल गरेका हुन् ।

लेबर पार्टीका उम्मेदवार सादिक खान ४३ प्रतिशत भन्दा बढी मत ल्याएर विजयी भएको बिबिसीले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ कन्जरभेटिभ पार्टीकी उम्मेदवार सुसान हलले ३२ प्रतिशत मत प्राप्त गरेकी थिइन् ।

बेलायतको राजधानी लण्डनमा तीन वर्षअघि भएको मेयरको निर्वाचनको तुलनामा सादिक खानले यसपटक सात प्रतिशत बढी मत प्राप्त गरेका छन् । बेलायतमा भएको स्थानीय निकायको निर्वाचनमा लेबर पार्टीका उम्मेदवारले राम्रो प्रदर्शन गरेका छन् ।

अबको केही महिनामा बेलायतमा पनि आम निर्वाचन हुन लागेको छ । अधिकांश सर्वेक्षणमा लेबर पार्टीले अग्रता लिएको छ ।

#bajarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स