लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित



Advertisement
Ads

बेलायत लण्डनको मेयरमा सादिक खान पुनः निर्वाचित भएका छन् । सादिक खानले तेस्रो कार्यकालका लागि जित हासिल गरेका हुन् ।


Advertisement

लेबर पार्टीका उम्मेदवार सादिक खान ४३ प्रतिशत भन्दा बढी मत ल्याएर विजयी भएको बिबिसीले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ कन्जरभेटिभ पार्टीकी उम्मेदवार सुसान हलले ३२ प्रतिशत मत प्राप्त गरेकी थिइन् ।


Advertisement

बेलायतको राजधानी लण्डनमा तीन वर्षअघि भएको मेयरको निर्वाचनको तुलनामा सादिक खानले यसपटक सात प्रतिशत बढी मत प्राप्त गरेका छन् । बेलायतमा भएको स्थानीय निकायको निर्वाचनमा लेबर पार्टीका उम्मेदवारले राम्रो प्रदर्शन गरेका छन् ।


Advertisement

अबको केही महिनामा बेलायतमा पनि आम निर्वाचन हुन लागेको छ । अधिकांश सर्वेक्षणमा लेबर पार्टीले अग्रता लिएको छ ।

#bajarkochirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर