instainsta

लगानीको सम्भावना अझै प्रबल छ: उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १४ गते
लगानीको सम्भावना अझै प्रबल छ: उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल
AdvertisementAds

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना रहेको बताएका छन् ।

शुक्रवार काठमाडौँ आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल लगानीका लागि सम्भावना नै सम्भावना भएको देश रहेको बताएका हुन् । उनले अहिले नेपालमा केही पनि सम्भावना नै छैन भन्ने भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य सही नभएको बताए ।

उनले नेपालमा केही पनि सम्भावना नभएको भए आफू जस्तो सामान्य व्यक्ति उद्योग वाणिज्य महासंघको नेतृत्वसम्म नआइपुग्ने बताए । उनले अहिले नेपाल बाहिर रहेका नेपालीहरुले नेपालमा कुनै अवसर नरहेको, सबै नराम्रो रहेको भन्ने सोचलाई मात्रै बढी प्रश्रय दिइरहेको बताए । उनले आम नागरिकहरुलाई विश्वासमा लिएर अघि बढ्नसके नेपालमा प्रचुर सम्भावना रहेको बताए ।

उनले भने, ‘अहिले एउटा भाष्य बनाइएको छ, नेपालमा केही सम्भावना पनि छैन, यहाँको मान्छे पनि राम्रो छैन । हरेक हिसावले नेगेटिभ हिसावको मात्रै सोचाई छ । बाहिर बस्ने नेपालीहरु नेपालका मान्छे नराम्रो, नेपालमा अवसर छैन, उहाँहरुले नेपाल हरेक हिसावले नकारात्मकता छ । सामाजिक सञ्जालको कारणले पनि त्यो सोच भएको हो की जस्तो लाग्छ । तर वास्तविकता त्यो होइन । नेपालमा अवसर छैन, थिएन, नेपालमा सम्भावना नभएको भए हामी जस्तो केही पनि नभएको व्यक्ति निजी क्षेत्रको छाता संगठनको जिम्मेवारी लिन असम्भव थियो । नेपालमा जता हे¥यो त्यतै अवसर छ । जहाँ हे¥यो हो त्यहीँ छ । कोरोनाका कारण जुन संकुचन आयो, यही बीचमा उद्योगा वाणिज्य महासंघको जिम्मेवारी सम्हालेको हो । हरेक ठाउँमा निराशा थियो, आम नागरिकलाई विश्वासमा लिन जरुरी छ । यसबीचमा यसको लागि हामीले करिव डेढ वर्ष भयो, यो बीचमा त्यो आम्तविश्वास दिलाउन निजी क्षेत्रको तर्फबाट पहल गरेका छौँ ।’ 

अध्यक्ष ढकालले लगानीको वातावरण नै छैन, कानूनहरु नै ठिक छैन मात्रै भन्ने र संशोधनतिर नजाने हो भने कहिले पनि राम्रो वातावरण बनाउन नसकिने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स