instainsta

रेमिट्यान्सले पार गर्‍यो २ खर्बको आँकडा: दुई महिनामा १५.२% को उछाल

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन २९ गते
रेमिट्यान्सले पार गर्‍यो २ खर्बको आँकडा: दुई महिनामा १५.२% को उछाल
AdvertisementAds

चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्म नेपालमा २ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार, यस अवधिमा विप्रेषण आप्रवाह १५.२ प्रतिशतले बढेर २६३ अर्ब १४ करोड पुगेको हो। अघिल्लो वर्ष यसै अवधिमा यो वृद्धि १८.७ प्रतिशत रहेको थियो। अमेरिकी डलरमा भने, विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ, जुन अघिल्लो वर्ष १ अर्ब ७३ करोड थियो।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि बढेको छ। अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७६,४८५ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ४०,५८३ रहेको छ। अघिल्लो वर्ष यस अवधिमा यो संख्या क्रमशः ७४,४५५ र ३२,००४ थियो।

त्यसैगरी, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २८६ अर्ब ४५ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २५१ अर्ब ६५ करोड थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स