राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने जनाएको छ ।
चीन भ्रमण छोट्याएर बिहीवार स्वदेश फर्किएको रास्वपाको टोलीले सो कुरा बताएको हो । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण भ्रमण छोट्याएर आफूहरु आउनुपरेको बताए । उनले पार्टीको सभापति व्यक्ति नभइ संस्था भएकाले सबैले सहयोग गर्नुपर्ने भन्दै आफूहरु स्वदेश फर्किएको बताए । उनले रिसका कारण पार्टी सभापतिमाथि प्रहार भइरहेको आरोप लगाए ।
उनले भने, ‘यो भ्रमणलाई हामीले नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण छोट्याएर आएका छौँ । ९ दिनको हाम्रो भ्रमण छोट्याएर पाँचौँ दिनमा यहाँ आएका छौँ । आज ८ जना आएका छौँ । भोलि ६ जना आउनुहुन्छ । घटनाक्रमबारे हामी अवगत नै थियौँ । १४ जना नै बसेर त्यहाँ छलफल गरेका थियौँ । र यो एक स्वरले यो अफ्ठ्यारो घडिमा पार्टीको सभापति व्यक्ति रवि लामिछाने मात्रै होइन, त्यो संस्था हो । त्यो माथि इगोका कारण प्रहार भएको छ भने हामी एकजुट भएर यसको सामना गर्नुपर्छ । अफ्ठ्यारो घडीमा नेपाल नै हुनुपर्छ भनेर आएका हौँ ।’
—न्युज एजेन्सी नेपाल















![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया