राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले सबै किसिमका बीमालेखमा प्रति वर्ष प्रतिहजार ६० रूपैयाँ बोनस दिने भएको छ । उक्त बोनस दर कम्पनीले आर्थिक वर्ष ०८१/८२ को लागि सबै बीमालेखमा कायम गरेको हो ।
आर्थिक वर्ष ०६७/६८ देखि आर्थिक वर्ष ०६९/७० सम्म कायम रहेको १ लाख ६२ हजार ७२१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनको आधारमा कम्पनीले उक्त बोनस दर निर्धारण गरेको जानकारी दिएको छ ।
साथै, निर्धारित नयाँ बोनस दर नेपाल बीमा प्राधिकरणले समेत स्वीकृत गरिसकेको अवस्थामा आगामी दिनमा बीमाङ्कीय मूल्याङ्कनका आधारमा परिवर्तन हुने कम्पनीले जनाएको छ ।
#Bajarkochirfar #bazaarkochirfar

















प्रतिकृया