रसुवागढी हाइड्रोपावरले बोलायो एकैसाथ दुई आर्थिक वर्षको वार्षिक साधारण सभा

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ १३ गते
रसुवागढी हाइड्रोपावरले बोलायो एकैसाथ दुई आर्थिक वर्षको वार्षिक साधारण सभा
AdvertisementAds

रसुवागढी हाइड्रोपावरले एकैसाथ दुई आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार ११ गते बिहान ११ बजे, कुण्डलिनी दरबार ब्यांकेट चन्डोल, काठमाडौंमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा आर्थिक वर्ष २०७८–०७९ र २०७९–८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।साथै, सभामा २ जना स्वतन्त्र सञ्चालकको नियुक्ती र सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ २३ बुक क्लोज गर्ने भएको छ । तसर्थ, जेठ २२ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन योग्य हुनेछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स